राजनीति

जसपा-एमालेका उम्मेदवारहरुलाई सघाउन प्याकुरेलको आग्रह

कञ्चनरुप, ५ कार्तिक। नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले मंसिर ४ मा सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा जसपा-एमालेका संयुक्त उम्मेदवारलाई मतदान गरि विजय वनाउन आग्रह गर्नु भएको छ।
सप्तरीको कञ्चनरुप नगरपालिका ६ वलुवामा शनिबार नेपाल मुस्लिम ईतेहाद संगठनद्वारा आयोजित मुस्लिम अगुवा नेता कार्यकर्ताहरुको भेलामा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

भेलामा बोल्दै प्याकुरेलले अवको निकास जसपा-एमालेद्वारा नै हुने भएकोले प्रदेश तथा केन्द्रमा जसपा एमालेको तालमेलमा सरकार गठनका लागि सवै लाग्नुपर्ने वताउनुभयो । आफू विरुद्धमा भएको अनर्गल प्रचार गलत भएको बताउँदै उहाँले यसमा सत्यता नभएको वरु तालमेलको पक्षमा आफू चट्टान जस्तो अडिग रहेको दावी गर्नुभयो ।
राजनितीमा पार्टी नै परिवार रहेकोले डा. रोहित पोखरेलसंग सुमनको नाम नजोड्न उहाँले आग्रह समेत गर्नु भएको छ। उहाँले रोहित पोखरेलसंग पारिवारिक सम्बन्ध रहेपनि आफू र एमाले पार्टीले उहाँलाई सहयोग नगर्ने वताउनु भयो ।

कार्यक्रममा सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नवलकिशोर साह, नेकपा एमालेका केन्द्रीय सदस्य दिवाकर देवकोटा, पुर्व मेयरहरु वसन्त मिश्र, उतम गौतम, मेयरका प्रत्याशी मो. कलिम लगायतका सप्तरी १ का अगुवा नेता तथा अगुवाहरू उपस्थिती रहेको थियो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page