समाचार

चनौरामा नेपाल युनाइटेडसद्वारा एक दिने कार्याशाला गोष्ठी आयोजना

राजविराज, ५ कार्तिक । सप्तरीको राजविराज नगरपालिका १ स्थित चनौरामा शनिबार नेपाल युनाइटेडसद्वारा एकदिवसीय कार्याशाला गोष्ठी आयोजना गरेको छ ।
पर्सनल हाईजिङ एण्ड स्टेसन विथ ग्राउन्ड लेभल कम्युनिटी पिपुल विषयक गोष्ठी आयोजना गरिएको हो ।
नेपाल युनाइटेडसका अध्यक्ष मो. जियाउल रहमानको अध्यक्षतामा आयोजित गोष्ठीमाको सहजीकरण राजविराज १ डुमरी टोलका स्वास्थ्य चौकी इन्चार्ज जनस्वास्थ्य निरीक्षक अमर आनन्द, सिनियर अनमी रिंकु मिश्रले गरे ।

गुलसन बेसिक स्कुल चनौरामा आयोजित गोष्ठीमा मो. डोमन लगायतका चनौरा पडरिया र रहमानपुरका ४० महिला र ५ जना पुरुषसहित ४५ जना सहभागी रहेको आयोजक समितिका अध्यक्ष रहमानले जानकारी दिए ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page