समाचार

सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।
अदालतले यही कात्तिक ६ गतेदेखि लागू हुने गरी म्याद थप गरेको हो।
अदालतले लामिछानेलाई हिरासतमा राख्नका अनुमति दिएको यो चौथो पटक हो। प्रहरीले लामिछाने विरुद्धको अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ। तिहार पर्वको बिदा परेका कारण अदालतमा मुद्दा दर्ता भने भएको छैन।
लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ। यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो । २ कात्तिकमा थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page