राजनीति

शम्भुनाथ नगरपालिकामा एमाले-जसपाको संयुक्त सम्पर्क कार्यालय स्थापना

बृजमान तामाङ /
राजविराज, ७ कार्तिक ।
सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौनामा सोमबार एमाले-जसपाको नगर स्तरीय संयुक्त सम्पर्क कार्यालय स्थापना गरिएको छ । आसन्न मंसिर ४ गतेको चुनावलाई लक्षित गरि दुई दलको संयुक्त कार्यालय स्थापना गरिएको हो ।
सप्तरी निर्वाचन क्षेत्र ३ का एमाले-जसपाका प्रतिनिधि सभा साझा उम्मेदवार ताराकान्त चौधरी, (क) का प्रदेशसभा सदस्यका उम्मेदवार जोगेन्द्र भगत र प्रदेश (ख) का उम्मेदवार बिदेश्वर प्रसाद यादव (बिक्की) ले संयुक्त रुपमा रिवन काटेर सम्पर्क कार्यालय उद्वघाटन गरे ।

कार्यालय उद्वघाटन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार चौधरीले राजनीति जनताको सेवा गर्नको लागि गरेकाले भारी जनमत पाउने विश्वास व्यक्त गरे । कतिपयले पदमा पुगेर कमाउने गलत सोच राखेका हुन्छन् ,चौधरीले भने, मैले पैसा कमाउने उदेश्यले राजनीति कहिले गरिन, विसुद्व जनताको सेवामा समर्पित भई राजनीतिमा आएकोले भारी जनमत पाउनेमा कुनै शंकै छैन ।
यसैगरी (ख) प्रदेशसभा सदस्यका उम्मेदवार विदेश्वर प्रसाद यादव (विक्की) ले देशमा राजनीतिक स्थिरता नभएसम्म विकासको परिकल्पना समेत गर्न नसकिने बताए । प्रगतिशील शक्ति एमाले र परिवर्तनकारी शक्ति जसपाको चुनावी तालमेलबाट बहुमतको सरकार बनेपछि देशविकासले गति लिने उनले विश्वास व्यक्त गरे ।
(क) बाट प्रदेश सभाका उम्मेदवार जोगेन्द्र भगतले जनताको आबश्यकतालाई बुझ्न जनतासंग साँसद कार्यक्रम मार्फत अधिकांश समय जनतासंगै विताउने प्रतिबद्धता व्यक्त गरे ।

जसपा राजनीति समिति सदस्य विनोद चौधरीले जसपा-एमालेको तालमेलले देशमा उत्साह जागेको बताए । उनले जसपा-एमालेको तालमेलले प्रतिक्रियावादीहरु सलबलाउनु थालेकाले शसक्त रुपमा चुनावी अभियानमा होमिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जसपा-एमालेका शम्भुनाथ नगरपालिका अन्तर्गतका केन्द्र प्रदेश, जिल्ला र स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page