मधेस प्रदेश समाज

धनुषामा झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु

धनुषा । धनुषामा झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर सोमवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ का १४ वर्षीय शिवराज यादव रहेका छन्।
आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा दुवै जना करेन्ट लागेर घाइते भएका थिए ।
गम्भीर दुवै जनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page