समाचार समाज

सप्तरीको कञ्चनरूप नगरपालिकामा भव्याताको साथ मनाईयो न्हु: दया भिन्तुना

बृजमान तामाङ /
विरेन्द्र वजार, ९ कार्तिक । सप्तरीको कञ्चनरूप नगरपालिका १२ स्थित वस्तिपुरमा बुधबार नेपाल संवत् (११४३ ) अर्थात न्हु :दया: भिन्तुना भव्यताको साथ मनाईएको छ ।
नेवा:सामाज रुपनगरको आयोजनामा झाकीसहित नगरपरिक्रमा तथा शुभकामना आदानप्रदान गरि म्हु:दया भिन्तुना अर्थात नेपाल संवत् ११४३ मनाईएको हो ।
नेवा:समाज रुपनगरका अध्यक्ष जित बहादुर श्रेष्ठको अध्यक्षता तथा कञ्चनरूप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख गुप्ताले नेवा:समुदायले प्रत्येक बर्ष न्हु दया भिन्तुना र नेपाल संवत् मनाउदा नगर र नगरबासीको गरिमा बढेको बताए । संस्कृति संरक्षणमा नेवार समुदायले खेलेको भुमिका प्रशंसिय रहेको बताउदै उनले नगरपालिकामा सबैजातजातिले मनाउने पर्वको जगेर्नाका लागि नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष एवम मधेश प्रदेश समिति सदस्य बृजमान तामाङले न्हु: दय भिन्तुना जस्ता साँस्कृतिक पर्व मनाउने परम्पराले देशमा भएको सबैजाती धर्म र समुदायको चाडपर्वको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कञ्चनरुप नगरपालिका १२ बस्तीपुर स्थित नेवा:समाजको गुठी भवनमा आयोजित कार्यक्रममा कंचनरुप नगरपालिकाका उपप्रमुख मुना पोखरेल, वडा नम्बर १२ का वडा अध्यक्ष देवि बहादुर खत्री, नेवा: समाज रुपनगरका पुर्व अध्यक्ष वम बहादुर श्रेष्ठ, नेवा: समाज साँस्कृतिक संगठन रुपनगरका संयोजक गणेश नारायण श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
नेवा:समाज रुपनगरका सल्लाहकार पेशल जोशीद्वारा संचालित कार्यक्रममा स्वागत नेवार समुदायका महिला संगठन मिसा देय:दबु सप्तरीका अध्यक्ष विष्णु श्रेष्ठले गरिन ।
कार्यक्रममा नेवारी परम्परा भोजन समयवजी, छोइला, कोचेला र सगुनलगायतका नेवारी खानको प्रदर्शनी गरिएको थियो । यसअघि नेवार समदायको पोशाक, पन्चकन्या, लाखेनाच र विभिन्न बाजागाजा र झाकीसहित नगरपरिक्रमा गरिएको थियो ।
नेवा: समाज रुपनगरले नेपाल संवतका प्रर्वतक शंखधर साख्वाको स्मृतिमा न्हु: दया भिन्तुनाको अवसर पारेर साँस्कृतिक लगायतका पहिचान जनित कार्यक्रमहरु निरन्तर गर्दै आएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page