राजनीति

हरिहरपुरमा नेपाली काँग्रेस परित्याग गरि सयौंको संख्यामा नेताकार्यकर्ता जसपा प्रवेश

बृजमान तामाङ /
विरेन्द्र बजार, १४ कार्तिक । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा सोमबार नेपाली काँग्रेस परित्याग गरि सयौंको संख्यामा नेताकार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।
जसपा अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ३ वडा समितीद्वारा हरिहरपुरमा आयोजित एक समारोहका विच काँग्रेसका युवा नेता उपेन्द्र चौधरीको नेतृत्व सयौंको संख्यामा नेताकार्यकर्ता नेपाली काँग्रेस परित्याग गरि जसपामा प्रवेश गरेका हुन ।
पार्टी प्रवेश गर्नेहरूमा काँग्रेसका युवा नेता उपेन्द्र चौधरी ,जितेन्द्र चौधरी, अन्जना कुमारी चौधरी, संतोषी कुमारी चौधरी,चनावती देवि चौधरी, शिला कुमारी चौधरी, दिलानन्द चौधरी, सरिता कुमारी चौधरी,रंजिता कुमारी चौधरी, चन्द्र नारायण साह, शंकरिया देवि साह, ईल्यास मियाँ छन् ।

यसैगरी भगवती साह, विष्णुराम चौधरी,चन्द्र नारायण चौधरी,विष्णु चौधरी,भिखन चौधरी, मो. काले, राज कुमार साह, संतोष कुमार साह, सकलदेव साह, गिता चौधरी, रामअवतार चौधरी, दिवाकर चौधरी, सुभद्र चौधरी, मो.इसुक, मो.ससुल, रामचरण चौधरी, उर्मिला चौधरी, खुमलाल चौधरी, रामबती देवि चौधरी, हरिवती देवि चौधरी, जितेन्द्र प्रसाद चौधरी, गंगा कुमारी चौधरी, लक्षमि चौधरी, हरिवती देवि चौधरी, चन्द्रकला चौधरी, भोगेन्द्र चौधरीलगायतका रहेका छन् ।
नव प्रबेशीहरुलाई जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवं मधेश प्रदेशका सामाजिक विकास मन्त्री तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार नवलकिशोर साहले, माला, टिका, गाम्छा र सदस्यता प्रदान गरि पार्टी प्रवेश गराए ।

जसपा अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री साह, जसपा सप्तरीका कोषाध्यक्ष बृजमान तामाङ, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका प्रभावशाली युवा नेता रोशन कुमार चौधरी, नव प्रबेशीहरु उपेन्द्र प्रसाद चौधरी, जितेन्द्र लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रमको संचालन जसपा क्षेत्र नम्बर १ का सचिब मिलन चौधरीले गरे ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page