समाज

सप्तरी प्रहरीले अवैध सामान बरामद गरी राजविराज भन्सारमा बुझायो

डम्बर राई /
कञ्चनरुप (सप्तरी) ।
भन्सार छली चोरी निकासी तथा पैठारीका अवैध समाग्रीहरु सप्तरी प्रहरीले पक्राउ गरी राजविराज भन्सार कार्यालयलाई बुझाएको छ ।
आइतवार डाक्नेश्वरी नगरपालिका वडा नम्वर ६ कटैया स्थित सडकखण्ड भएर विहान ११ बजेको समयमा विआर ५० डब्लु ४५४६ नम्वरको मोटर साइकलमा मदिरा बोकेर लादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिइएको छ ।
ब्ल्याक ओके तीन कार्टून र किङ्ख फिक्सर नामक मदिरा एक कार्टुन फेला परेको थियो । मोटरसाइकल सहित दुइ लाख ४७ हजार पाँच सय मुल्य वरावरको सामान र भारत विहार मधुवनी जिल्ला करीओथ ग्राम पञ्चायत बस्ने विरेन्द्र मण्डलको छोरा २१ बर्षिय नितेश कुमार मण्डललाई आवश्यक कारवाहकिा लागि भान्सार कार्यालय पठाइएको छ ।
यस्तै शनीवार भन्सार छली गरेर ओसारपसार गरेका अवैध सामान प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले राजगड गाउपालिका २ स्थित कमलपुर टोलक्षेत्रमा मोटरसाइल र मामाश्री लेखिएको तीन कार्टून मदिरा फेला पारेको थियो । साँझ सवा सात बजेको समयमा भारत तर्फ जाँदै गरेको मोटरसाइल सवार व्यक्तिले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाढेर भागेको प्रहरीले जनाएको छ । मोटरसाइकल सहित एक लाख आठ हजार ६ सय मुल्य वरावरको उक्त सामान भान्सार कार्यालयमा बुझाइएको छ ।
छिन्नमस्ता गाउपालिका ६ मा पनि ६९ हजार छसय पचास रुपैया मुल्य वरावरको किराना सामान पक्राउ गरी आइतवार भान्सार कार्यालयमा आवश्यक कारवाहकिा लागि पठाइएको छ । राती साढे नौ बजेको समयमा पक्राउ गरेको खुलाइए पनि चोरी निकासी तथा पैठारी गर्ने व्यक्ति खुलाइएको छैन ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page