समाज

फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरी दण्ड जरीवाना असुल उपर

डम्बर राई –
सप्तरी, कार्तिक २१ गते । फैसला कार्वान्वयन अन्तर्गत कैद तथा जरीवाना तोकिएको प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरी जरीवाना असुल उपर गरेको छ ।
खोज तलासको क्रममा आइतवार फरार प्रतिवादीहरु मध्ये राजविराज नगरपालिका १६ बस्ने सुबधी यादवको छोरा बर्ष ५० को मगालाल यादव, सोही ठाउँ बस्ने दसन यादवको छोरा बर्ष ५१ को जगरुक यादव, रामरुप यादवको छोरा बर्ष ४१ को मनोज गोरधन यादव, वडा नम्वर ७ का विधानन्द झाको पत्नी बर्ष ३७ की सीस कुमारी सिंह र सप्तकोशी नगरपालिका ८ का तिलक चौधरीको छोरा सुकदेव चौधरीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमवार जनाएको छ ।
अभियुक्तहरुलाई अदालतमा दाखिला गरी सोमवार जरीवाना असुल गरीएको हो ।
मगालाल यादवबाट पाँच हजार रुपैया, जगरुक यादव र मनोज गोरधन यादवबाट ६६ रुपैया, सिंहबाट २५ र चौधरीबाट दुई हजार पाँचसय रुपैया जरीवाना असुल गरीएको छ । सिस कुमारी सिंहले नाताप्रमाणित मुद्घा सिर्षक बाहेक सबै कुटपिटको मुद्घामा परेका थिए ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page