समाचार

सप्तरीमा मादक पदार्थ बिक्री बितरण, ओसारपसार र सेवनमा रोक

कञ्चनरुप (सप्तरी), २३ कात्तिक । सप्तरीमा मादक पदार्थ विक्रि वितरण, ओसारपसार र सेवनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले आज (बुधवार) एक सूचना जारी गरी मङ्सिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मादक पदार्थ विक्रि वितरण, ओसारपसार र सेवनमा रोक लगाएको हो ।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार २०७९ कार्त्तिक २३ गते देखी मतपरिणाम पूर्ण सार्वजनिक नभएसम्म जिल्लाभर मादक पदार्थ पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो । ।
सो कार्य नगर्न नगराउन हुन र अन्यथा भए गरेको पाईएमा प्रचलित कानुन वमोजिम कारवाही हुने सुचनामा उल्लेख गरिएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page