राजनीति

स्वतन्त्र उम्मेदवार खड्काको घरदैलो अभियान तीब्र, विभिन्न पार्टीका नेताको समर्थन

कञ्चनरुप, २५ कात्तिक । सप्तरी क्षेत्र नं. १ (क) मा प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार शम्भु बहादुर खडकाको पक्षमा जनमत दिनप्रतिदिन बढ्न थालेको छ ।
नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएर खडकाले सप्तरी क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएसंगै उनको पक्षमा जनमत बढ्न थालेको हो ।
चुनावी मैदानमा होमिएका खड्कालाई माओवादी केन्द्रका जिल्ला स्तरीय नेता तथा सप्तकोसी वडा नम्बर १ बाट वडा अध्यक्षका उम्मेदवार बनेका सन्तोष खतिवडा, सप्तकोसी नगरकमिटि सदस्य जंग बहादुर सुबेदि, नेकपा माओवादी केन्द्रका कञ्चनरुप नगर कमिटी सचीव तथा कञ्चनरुप वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार सरोज भण्डारी, सप्तकोसी वडा नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका अरुण कटवाल लगायत युवा पुस्ताको साथ र समर्थन पाएका खड्कालाई माओवादी ,नेपाली काङ्ग्रेस, एमाले, जसपा लगायतका राजनीतिक पार्टीका असन्तुष्ट कार्यकर्ताहरुको समर्थक सहितको जनमत दिनप्रतिदिन बढेको माओवादी नेता सन्तोष खतिवडाले बताए ।

बिगत २५ बर्ष देखि फत्तेपुरमा रहेको करिब ४ हजार सेयर सदस्य भएको त्रियुगा सहकारी सस्थाको सन्चालक समितिको अध्यक्ष भएर सहकारी मा आवद्ध सेयर सदस्य ,पशुपालक र कृषकहरुको हकहितमा काम गर्दै आएका खड्का सहकारी अभियान्तको रुपमा निर्वाचन क्षेत्रमा मात्रै नभएर जिल्लामै परिचित नाम हो ।
खडकाले यो २५ बर्षे सहकारी अभियानमा निर्वाचन क्षेत्रको ३ वटै पालिकामा आफुले जनताको पक्ष काम गरेकाले यहाँका मतदाताले आफ्नो चुनाव चिन्ह टेबुल पंखामा मतदान गरि आफुलाई जिताउनेमा उनी ढुक्क छ्न।
सप्तरीको ३ वटा नगरपालिका सप्तकोसी, कञ्चनरुप नगरपालिका र अग्निसाइर कृष्णसवरण गाउँपालिकालाई समेटेर प्रदेश शभा निर्वाचन क्षेत्र रहेको (क) मा मतदाताहरुको उत्साह जनक समर्थन पाएपछि खड्का आफ्नो चुनावी अभियानलाई तिब्र रुपमा अघि बढाउदै दिनँहु घरदैलो र चुनावी सभा समेत गरिरहेका छन् ।

घरदैलोका क्रममा स्वतन्त्र उम्मेदवार खडकाको समर्थकसहित स्थानीयको उत्साह जनक सहभागिता रहेको माओवादी केन्द्रका नगर कमिटी सचिव सरोज भण्डारीले जानकारी दिएका छन् । खडकाले स्वतन्त्र उम्मेदवारी दिएपछि भण्डारी समेत खडका जिताउ अभियानमा जोडिएका छन् ।स्वतन्त्र उम्मेदवार खड्काको प्रतिस्पर्धा एमाले जसपा उम्मेदवार राजकुमार लेखि र सत्ता गठबन्धनका उम्मेदवार बेचन प्रसाद चौधरीसंग हुने देखिएको छ ।
माओवादी नेता भण्डारीका अनुसार खडकाको पक्षमा जनमत बढ्दो अवस्थामा रहेको बताए । भण्डारीले भने सप्तरी क्षेत्र नं. १ (क) बाट खडका निर्वाचित हुने र त्यसपछि यो क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन ,सहकारी , पर्यटनको विकाससंगै यस क्षेत्रको अन्य पूर्वाधारहरुको विकासले गति लिने दाबी गरे ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page