राजनीति

भिमारमा एमाले-जसपाका उम्मेदवारको समर्थनमा घरदैलो

बृजमान तामाङ /
बिरेन्द्र बजार, २६ कार्तिक ।
सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकामा एमाले-जसपाका उम्मेदवारको समर्थनमा घरदैलो गरिएको छ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवलकिशोर साह र १ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार राज कुमार लेखीको समर्थनमा घरदैलो गरिएको हो ।
राजनीति विष्लेषक एवम् प्रभावशाली युवा नेता रोशन कुमार मण्डर थारुको नेतृत्वमा एमाले-जसपाको उम्मेदवारको समर्थन स्थानीय दर्जनौं वडाहरुमा घरदैलो गरिएको थियो ।
युवा नेता थारुले इतिहाँसमै यस क्षेत्रबाट एमाले-जसपाबाट उच्च राजनीतिक छवि भएका व्यक्तित्वहरु चुनावी प्रतिस्पर्धा रहेकाले उनीहरुको जितले क्षेत्रको सर्वाङ्गिण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । क्षेत्रमा भएको अभाव गरिवी, बेरोजगारी समस्याको अन्त्य गर्न राष्ट्रिय राजनीतिमा स्थापित नेता जनप्रतिनिधि हुनुपर्नेमा जोड दिदै थारुले यस पटक क्षेत्रबासीले योग्य, कर्मठ, अनुभवी, विकास प्रेमि,ईमानदार परिवर्तनकारी सोच भएको व्यक्तिहरुलाई एमाले-जसपाले उम्मेदवार चयन गरेकाले उनीहरुलाई विजयी बनाउने अभियानका साथ घरदैलो गरेको बताए ।

क्षेत्रबासीको सौभाग्य नै भन्नुपर्छ, साह जस्तो विकास पुरुष र निस्वार्थ रुपले सामाजिक न्याय र समनताको लागि राष्ट्रिय रुपमा सफल नेतृत्व गरेका लेखी जस्ता उम्मेदवार पाउनु, उनले भने, दुबै उम्मेदवारहरु राष्ट्रिय राजनीतिमा स्थापित उम्मेदवार हुन, उनीहरु मन्त्री, मुख्यमन्त्री बन्ने हैसियत राख्छ्न त्यसैले क्षेत्रबासीको समग्र विकासका लागि हामीले समर्थन गर्नुपर्छ ।
समाजका बौद्धिक व्यक्तिहरु एमाले-जसपाका उम्मेदवारहरुको पक्षमा भोट माग्न आउँदा मतदाताहरु उत्साहित देखिएका थिए । घरदैलो अभियानमा रहेका बौद्धिक व्यक्तिहरुको टोलिलाई मतदाताहरुले एमाले-जसपाका उम्मेदवारहरुलाई मतदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
घरदैलो अभियानमा थारु कल्याण कारिणी सभाका केन्द्रिय सदस्य सावित्री चौधरी, स्थानीय युवा समाजसेवी दुर्गानन्द चौधरी, नेपाल निजामती कर्मचारी संगठन सप्तरीका पुर्व अध्यक्ष रामनारायण महतो, नैनादेवी मण्डर थारुसहित बौद्धिक व्यक्तित्वहरु सहभागी रहेको थिए ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page