समाचार

सुदूरपश्चिमका जिल्लामा ५ दशमलव १ रेक्टरस्केल भूकम्पको धक्का महसुस

दार्चुलासहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
दार्चुलालगायत डोटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ ।
अस्ति मङ्गलवार राति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ६ जनाको ज्यान गएपछि यहाँका नागरिक त्रासमा छन् ।
भूकम्पको क्षतिबारे भने थप जानकारी आउन बाँकी रहेको जनाइएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page