राजनीति

जनताको सेवा गर्ने उदेश्यले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको : नवल किशोर साह

बृजमान तामाङ /
बिरेन्द्र बजार, २८ कार्तिक ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री एवं सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का एमाले-जसपाका प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार नवल किशोर साहले आफुलाई जनताले प्रतिनिधि बनाएर पठाएको क्षेत्रलाई पाँच बर्ष भित्र बदल्ने दावी गरेका छ्न । सप्तरीको महुलीमा सोमबार आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन ।
कोण सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार साहले जनताको सेवा गर्ने उदेश्यले उम्मेदवार बनेको बताए । अठावन्न बर्षदेखी देश र जनताकै लागि सेवामा समर्पित भएँ ,उनले भने, जनताले मलाई प्रदेशको मन्त्री बनाए, पाँचबर्ष सामाजिक विकास मन्त्रीको जिम्मेवारी बहन गरे, उनले थपे, म कस्तो उम्मेदवार हो मेरो कामले नै छर्लङ्ग पार्छ । उनले समाजिक विकास मन्त्रीको हैसियतले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा मात्रै ७ सयभन्दा बढी योजनाको कार्य सम्पन्न गरेको दावी गरे ।
छ दशकको राजनीतिक ईतिहासमा धेरै पदहरुमा बसेर जनताको सेवा गर्ने अबसर पाएको बताउदै उनले हालसम्म आफुमाथि कुनै दाग लाग्न नपाएको उल्लेख गरे ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर १(क) का एमाले-जसपाका प्रदेश सभा सदस्यका उम्मेदवार राज कुमार लेखीले आफ्नो जितले जनमतको कदर हुने बताए । आफुसंघर्षबाटै उदाएको जिकिर गर्दै लेखीले देशमा सुशासन र विकासका लागि उम्मेदवारी दिएकोले जनताले भारी मतबाट विजयी गराउने विश्वास व्यक्त गरे । लेखीले देशमा अधिकारबाट बन्चित जाती, समुदायको हक अधिकार सुनिश्चितताको लागि अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । नेकपा एमालेलेका पोलिट व्युरो सदस्य सुमनराज प्याकुरेलले एमाले-जसपाको संयुक्त सरकार गठन भएको ३ महिना भित्र नागारिकता समस्या समाधान हुने ठोकुवा गरे । उनले अंगकृत नागारिकता भएका सन्तानलाई बंशजको नागरिकता प्रदान गर्न एमाले प्रतिबद्ध रहेको बताए ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटाले देशको आमूल परिवर्तनका लागि एमाले नेतृत्वको सरकार आबश्यक रहेको औलाए । उनले केपि ओलिको नेतृत्वमा सरकार गठनका लागि एमाले-जसपाका प्रतिनिधिसाभाका साझा उम्मेदवार नवलकिशोर साहलाई विजयी गराउनुपर्नेमा जोड दिए ।
प्रदेशको विकास र समृद्धिका लागि एमाले-जसपाको सरकार आबश्यक रहेको हुदा प्रदेश सभा सदस्यका उम्मेदवार राजकुमार लेखीलाई विजयी बनाउनु अपरिहार्य रहेको उनले धारणा राखे ।

एमाले-जसपा अग्निसाईर कृष्णासवरन गाउँपालिका चुनावी परिचालन समिति वडा नम्बर ६ का संयोजक भिम प्रसाद पौडेलको अध्यक्षतामा आयोजित कोणसभाको संचालन युवा नेता सरोज मगरले गरे ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page