राजनीति

समाजिक रुपान्तरण र परिवर्तनको लागि गरेको योगदानलाई जनताले मूल्यांकन गर्छन : लेखी

कञ्चनरुप । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउन अब ५ दिन मात्र बाँकी रहेको छ।
चुनाव नजिकिदै जादा जिल्लाका प्रमुख राजनितिक दलहरुले आफ्नो चुनावी प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्र पारेका छन । यतिबेला उम्मेदवारहरुले आफ्ना चुनावी प्रतिबद्धदाहरु जनताहरु माझ सार्वजनिक गरि रहेका छन ।
यसै बिच सप्तरी क्षेत्र नम्बर १ (क) प्रदेश सभाका उम्मेदवार नेकपा एमालेका प्रभावशाली नेता राजकुमार लेखी समग्र जिल्लाको विकासका लागी सर्धै प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । मंसिर ४ गते हुने निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ (क) बाट प्रदेश शभा सदस्यका प्रत्यक्ष उम्मेदवार बनेका लेखि एक पूर्णकालिन संगठक हुन् ।

चुनावको मिति नजिकिएसँगै लेखी अहिले घरदैलोको चटारोमा छन । लेखी एका बिहानैदेखि राति अबेरसम्म घरदैलोमा व्यस्त हुन्छन । घरदैलोको क्रममा मतदातालाई आफ्नो एजेन्डा बुझाउनमा व्यस्त देखिन्छन । चुनावी प्रचारप्रसारमा जनताको व्यापक सहभागिता देखिएको छ । आफु निर्वाचित भईसके पछि समग्र जिल्ल्लाको विकासका साथै सप्तरी क्षेत्र नम्बर १ को विकासका लागी सदैब लागि रहने बताएका छन । साथै आफु सप्तरीको विकासका लागी सधै प्रतिबद्ध रहेकाले सबैलाई मतदान गर्न पनि नेता लेखीले आहवान गरेका छन ।
आफू स्कुलमा पढ्दादेखि नै पञ्चायती व्यवस्था विरुद्ध विद्यार्थी संगठनमा आवद्ध भएर समाज रुपान्तरणको राजनीतिक अभियानमा होमिएका लेखि दशकौ देखि समाज रुपान्तरणकै अभियानमा ईमान्दारीपूर्वक लागि रहेका छ्न ।
२०४० सालमा ओद्राहा स्कुलबाट विद्यार्थी राजनीतिबाट राजनीति जिबन शुरु गरेका लेखि २०४८ सालमा नेकपा एमालेको सङ्गठित सदस्य भै पार्टीको विभिन्न जिम्मेवारी तहमा बसेर आफ्नो भुमिका निर्नाह गरि आदिबासि जनजाति महासंघको केन्द्रिय अध्यक्षको जिम्मेवारी सफलता पुर्बक समालिसकेका लेखिले आफु अध्यक्ष हुँदा आदिबासी जनजातिको हक अधिकार र उत्थानको लागि काम गरेर लोकप्रिय बनेका छ्न।
लामो समय देखि आदिबासि जनजातिको उत्थानकाको लागि काम गर्दै विभिन्न मोर्चा सम्माल्दै सामाजिक क्षेत्रमा काम गर्दै आएका लेखि असहाय ,दुखी गरिब ,पीडितहरुलाई न्याय दिलाउन सहयोग गर्दै आएका लेखि नेकपा एमालेका केन्द्रिय सदस्य तथा सप्तरी सह इन्चार्ज हुन ।

पार्टीले सप्तरी क्षेत्र नम्बर १ (क) बाट प्रदेश शभा सदस्यको उम्मेदवार बनाए पछि चुनावी मैदानमा होमिएका लेखि आफ्ना प्रमुख एजेन्डाहरु भ्रष्टाचार मुक्त प्रदेश बनाउने सप्तरी एक नम्बर क्षेत्रको चौतर्फी बिकासको काम गर्ने, समृद्ध समाज भ्रष्टाचार मुक्त प्रदेश, सुशासन कायम गर्ने , कृषिमा प्रचुर सम्भावना भएको मधेस प्रदेशमा कृषिमा यान्त्रिकिकरण गरेर उत्पादन बढाउने, पर्यटकिय स्थानको पहिचान गरि दिगो विकास गर्ने , शिक्षामा पछाडिएको प्रदेशमा शैक्षिक सुधार गर्दै सरकारी बिधालयमा कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गरि स्वास्थ्यमा सुधार गर्ने, प्रदेश भरिका बेरोजगार युवाहरुलाई रोजगार मुलक तालिम दिइ स्वरोजगारी बनाउने, शुसासन कायम गर्दै प्रदेशबाट अधिकतम् सेवा दिने व्यवस्था मिलाउने प्रतिवद्धता जनाउँदै दिनहुँ मतदाताहरुको घरघरमा पुग्ने गरेका छ्न ।
सप्तकोसी नगरपालिका वडा नम्बर ५ मा घर भएका एमालेका युवा नेता लेखि अवको नेतृत्व युवाले गर्न सके यो क्षेत्रमा समृद्धि छाउने बताउ छन । सहिद दिलिप प्रतिठानको संस्थापक अध्यक्ष समेत रहेका लेखिले दर्जनौं संघ सस्थाको सफल नेतृत्व गरिसकेका लेखि सप्तरी क्षेत्र नम्बर १ का लागि अब्बल उम्मेदवार को रुपमा परिचित छ्न । बिगत ४० बर्षदेखि विभिन्न संघ सस्थाको अग्रणी मोर्चामा रहि देश र जनताको सेबा गरि सकेका लेखि यसपालि प्रदेश शभा सदस्य पदमा निर्बाचित भए मधेस प्रदेशको मुख्यमन्त्रीको दाबेदार रहने स्थानीय एमाले कार्यकर्ताहरुको भनाइ छ।
को हुन राजकुमार लेखि ?
१. सहिद दिलिप प्रतिठान को संस्थापक अध्यक्ष,
२. जनहित प्राथमिक बिद्यालय गङ्गाजली को सन्सथापक,
३. बिस्लेसन साप्ताहिक , जनमन्च साप्ताहिक ,समकालीन साप्ताहिक मा सम्बादाता
४ सहारा साप्ताहिक को सम्पादक,
५. २०५५ सालमा नेकपा एमाले सप्तरी काठमाडौ सम्पर्क मन्च को अध्यक्ष,
६. एमाले जनबर्गिय सङठन लोकतान्त्रिक जनजाती आदिवासी जनजाती महासघ नेपाल को सन्स्थापक केन्द्रिय सचिबालय सदस्य
७. नेकपा एमाले केन्द्रिय कमिटी को संघीय मामिला बिभाग सदस्य,
८. नेकपा एमालेको जनसङ्गठ्न प्रजातान्त्रिक राष्ट्रिय युबा संघ नेपाल को केन्द्रिय प्रचार बिभाग सदस्य,
९. २०६३ साल मा थारु कल्याणकारी सभा को केन्द्रिय महामन्त्री
१०. २०६६ सालमा नेपाल आदिवासी जनजाती महासघ को केन्द्रिय अध्यक्ष भइ सफल नेतृत्व
११. नेपालका विभिन्न ६८ जिल्ला को गाउँ बस्ति र सदरमुकाम पुगेर पार्टी सङ्गठ्नको अभियान मा सक्रिय
१२. अन्तर्राष्ट्रिय स्तरमा जर्मनी , फ्रान्स , जापान , भिएतनाम, इन्डोनेसिया , फिलिपिन्स , सिङ्गापुर , युएई कतार , युसए , साउथ अफ्रिका लगायतका २२ वटा देशमा जनजाती नेताको रुपमा नेपालको तर्फबाट प्रतिनिधित्व गरि लामो समय देखि विभिन्न अग्रणी मोर्चामा रहि देश र जनताको सेबा गरि सकेका लेखि एमालेको जुजारु नेताको रुपमा परिचित छन ।
१३. नेकपा एमालेको केन्द्रिय सदस्य तथा सप्तरी सह इन्चार्ज
एमालेबाट लेखिको उम्मेदवारी किन ?
प्रदेशमा रहेको अशिक्षा बेरोजगारी, भ्रष्टाचारको अन्त्य स्वास्थ्यको सेबाको भरपर्दो पहुँच नभएका ले यस क्षेत्रका जनत उपचार को लागि धरान बिराटनगर जानुपर्ने बाध्यताको अन्त्य कृषकलाई समयमामा मल खाध उपलब्ध गराउ जनताको आधार भुत आवश्यकतालाई परिपूर्ति गर्न मेरो उम्मेदवारी रहेको लेखिले बताए ।
समाज सेवा र राजनीतिमा जीवन अर्पण गरेका लेखि अहिले सप्तरी क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यकालागी प्रत्यक्ष तर्फ निर्वाचनमा उम्मेदवारी दिएका छ्न। आफ्नो सम्पूर्ण जीवन देश र जनताको सेवामा समर्पित गरेका लेखिले आफुलाई विजयी गराउन अपिल गर्दै जनताको काममा सदैव लागिरहने प्रतिबद्धता ब्याक्त गरेका छ्न ।
लेखिले सप्तरीको समग्र विकासका लागि संघ प्रदेशसँग समन्वयकारी भूमिका निर्वाह गरेर विकास गर्ने प्रतिवद्धता समेत जनाएका छ्न ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page