राजनीति

राजविराजमा जसपा-एमालेद्वारा विशाल आमसभा गर्ने तयारी

राजविराज, ३० कार्तिक । जसपा-एमालेद्वारा सप्तरीको राजविराजमा बिहिवार विशाल संयुक्त आमसभा आयोजना गर्ने तयारी गरेको छ ।
आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरि संयुक्त आमसभा आयोजना गर्ने तयारी गरेको हो ।
आमसभालाई जनता समाजवादी पार्टीका अध्यक्ष एवं सप्तरी २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादव सहितका एमाले जसपाका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
आमसभामा टेन्ट, साउण्ड, बाजागाजा र कलाकार, शान्तिसुरक्षाको व्यबस्थापन गर्ने लगायतका सम्पुर्ण तयारी पूरा भएको जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए ।
राजविराज स्थित राजरंगशालामा विहान ११ बजे देखि शुरु हुने आमसभामा जिल्लाभरका जसपा-एमालेका नेताकार्यकर्ता, शुभचिन्तक, समर्थकहरु गरि २० हजारभन्दाबढीको सहभागीता हुने जसपा सप्तरीका सचिव हरेराम यादवले जानकारी दिए ।
एमाले-जसपाले मौन अबधिको पुर्वासन्ध्यामा जिल्ला स्तरीय संयुक्त आमसभा गर्ने तयारी गरेका छ्न ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page