प्रदेश १ समाचार

ईलाम र पाँचथर जिल्लाका मतदान स्थलहरूको अनुगमन

ईलाम, कार्तिक ३० गते । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई भएरहित र निष्पक्ष सम्पन्न गराउने उदेश्यले ईलाम र पाँचथर जिल्लाका मतदान स्थलहरुको निरीक्षण तथा अनुगमन भएको छ ।
प्रदेश नम्बर १ का निमित्त प्रमुख सचिव किशोर कुमार चौधरी ,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, नेपाली सेनाका सहायक रथी रन्जीत थापा, १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरिक्षक सुदिप गिरी, शसस्त्र नायव महानिरिक्षक कमल गिरी, अनुसन्धान निर्देशन कृष्ण प्रसाद खनाल , दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख र मुख्य निर्वाचन अधिकृत सहितका पदाधिकारीहरुले जिल्लाका मतदान स्थलहरुको निरीक्षण तथा अनुगमन गर्नु भएको हो ।

जिल्ला प्रशासन कार्यालय पाँचथर र ईलाममा प्रदेश निर्वाचन कमाण्ड पोष्टद्दारा दुबै जिल्लाका प्रमुख निर्वाचन अधिकृत लगायतका टोलीसंग छलफल तथा अन्तकृया पश्चात उक्त टोलीले दुबै जिल्लाका मुख्य मुख्य मतदान स्थलहरुको निरीक्षण तथा अनुगमन गरेको हो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page