समाचार

खडकमा जसपाका समर्थकमाथी निर्घात कुटपिट, बाम- लोकतान्त्रिक गठबन्धनकाले आक्रमण गरेको आरोप

बाम-लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबाट घाइते यादव
बाम-लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबाट घाइते यादव

बृजमान तामाङ /

राजविराज, ३ मंसिर । सप्तरीको खडक नगरपालिकामा ५ स्थित रन्जितपुरमा शुक्रबार राती जनता समाजवादी पार्टीका समर्थक शैलेन्द्र यादवमाथी निर्घात कुटपिट भएको छ ।
बाम-लोकतान्त्रिक गठबन्धनका स्थानीय कार्यकर्ता राधेश्याम चौधरी र सुमित चौधरीले यादवलाई कुटपिट गरि घाईते बनाएको हो । घाईते यादवको कल्याणपुर स्थित स्वास्थ्य चौकीमा प्रथामिक उपचारपछि थप उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको जनाएको छ ।
उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको ईलाका प्रहरी कार्यालय कल्याणपुरका इन्चार्ज प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । घाइते यादवको अबस्था सामान्य रहेको तथा घटना बारे अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

बाम-लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबाट घाइते यादव
बाम-लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबाट घाइते यादव

शुक्रवार राती साढे सात बजे आफ्नो घरमा सुतिरहेको अबस्थामामा आक्रमण गरि घाईते बनाएको घाईते यादवले बताए । म ओछ्यानमा सुतिरहेकोको थिएँ, यादवले भने, एक्कसी घरभित्र पसेर तँ राजनीति गर्छस भन्दै अन्धाधुन्ध हिर्काउनु थाले, बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तेजुलाल चौधरीलाई समर्थन नगरेको भन्दै उनले कार्याकर्ता लगाएर कुटपिट गराएको घाईते यादवको आरोप छ ।
आक्रमणकारीहरु छिमेकी नै भएको जानकारी गराउँदै यादवले उनीहरु बाम-लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता रहेको बताए ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page