समाचार

मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया शिक्षिका पवित्राको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको शुक्रबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बू रहेको जनाइएको छ ।
मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गरेकी लिम्बू अचानक बेहोस भएको थिईन । उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो ।
उनी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी थिइन् । उच्च रक्तचापको समस्या रहेकी लिम्बू सोही कारण बेहोस भएको हुन सक्ने बताइएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page