समाचार

महोत्तरीको गौशालाबाट १९४ थान नमुना मतपत्र सहित दुई जना पक्राउ

महोत्तरी । महोत्तरीको गौशालाबाट १९४ थान नमुना मतपत्र सहित दुई जनालाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बर्दिवास नगरपालिका १ का ७४ वर्षीय भवानीबहादुर थापा र बर्दिवास नगरपालिका ५ का ३९ वर्षीय पदम पौडेल रहेको छ।
प्रहरी निरीक्षक विशाल सिंहको कमाण्डमा खटिएको टोलीले गौशाला नगरपालिका १० वटौवाबाट १९४ थान नमुना मतपत्र सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।
बागमती प्रदेश ३ ०१ ०२३ च ३७८० नम्बरको गाडीको डिक्कीभित्र सो मतपत्र लिएर जाने क्रममा प्रहरीले चेकजाँच गर्दा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
बरामद भएको मतपत्र, गाडी र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page