समाचार

सप्तरीका ४ लाख १८ हजार ३ सय ७४ मतदाताले मतदान गर्दै ,मतदान स्थलहरुको तयारी तस्बिरमा हेर्नुहोस्

भोलि एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेर पूर्वतयारी गरेका छन् ।
सप्तरी जिल्लाका मतदान स्थलहरुको तयारी तथा मतदान अधिकृतहरुलाई निर्वाचन प्रक्रिया स्वच्छ र पारदर्शी रुपले भूमिका निर्वाह गर्न जिल्ला कमाण्ड पोष्ट सप्तरीले निर्देशन दिएको छ । सप्तरीका ४ लाख १८ हजार ३ सय ७४ मतदाताले मतदान गर्दै छन् । जिल्ला भरमा कुल ५ सय ३६ मतदान केन्द्र कायम गरिएको छ ।

पूर्वतयारी स्वरूप महिला, पुरुष र फरक क्षमता भएकाहरूको सहजताको लागि बार, वर्षा भएमा छेक्न त्रिपाल, बिजुली , मतसङ्केत गर्ने टेबल र मतपेटिका सुरक्षित बनाउनेलगायत व्यवस्था गरेका हुन् ।
देशभरमा १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्रमा भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । मतदानका लागि एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page