समाचार

एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् ।
उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
ओलीले उत्साह र शान्तिपूर्णरूपमा निर्वाचन भइरहेको बताए । उनले अहिलेसम्म मतदान नगरेकाहरूलाई मतदान केन्द्रमा गएर मतदान गर्न आग्रहसमेत गरे ।
ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आएका हुन् ।
उनी बालकोटमा नै स्थायी रुपमा बस्दै आएका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page