खेलकुद

विश्वकप फुटबल प्रतियोगिता आजदेखि (समय तालिका सहित)

काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ ।
करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ ।
उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।
आयोजक कतारको समूहमा नेदरल्याण्ड, इक्वेटर र सेनेगल छन् । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।
विश्वपकपको फाइनल खेल आगामी पुस ३ गते हुनेछ ।
कुन समूहमा कुन टोली छन् ?
समूह ए मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्डस्
समूह बी मा इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स
समूह सी मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह डी मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया
समूह इ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान
समूह एफ मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया
समूह जी मा ब्राजिल, सर्विया, स्वीटजरयान्ड र क्यामरुन
समूह एच मा पोर्चुगल, घाना, उरुग्वे, साउथ कोरिया
यस्तो छ खेलतालिका नेपाली समयअनुसार

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page