राजनीति

सप्तरीमा करिब ६२ प्रतिशत मत खस्यो, मतगणना स्थल मतपेटिका लैजाने काम भइरहेको

सप्तरी, ४ मंसिर । सप्तरीमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको सदस्य निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा सम्पन्न मतदानमा ६२ प्रतिशत मत खसेको हो ।
जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ भने अहिले मतदान केन्द्रहरूबाट मतगणना स्थलसम्म मतपेटिका लैजाने काम भइरहेको जनाइएको छ ।
सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ जना मतदाता छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page