राजनीति

एमालेले खाता खोल्यो : ललितपुर २ मा प्रेमबहादुर महर्जन दोब्बर मतले विजयी

काठमाडौं । ललितपुर २ मा नेकपा एमालेका उम्मेद्वार प्रेमबहादुर महर्जन विजयी भएका छन् ।
केहीबेर अघि सम्पन्न मतगणनाको परिणाम अनुसार महर्जनले १९ हजार ८ सय ३४ मत ल्याए भने प्रतिवन्दी लौरो चिन्हका सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याएका छन् ।
गठबन्धनको कलम चिन्हका उम्मेद्वारले ९ हजार ५ सय ३९ मत ल्याएका छन् ।
मुख्य निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार सो क्षेत्रमा मतगणना सम्पन्न भएपनि आधिकारिक घोषणा हुन बाँकी छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page