राजनीति

सप्तरी क्षेत्र नं १ (क) मा राजकुमार लेखि र १ (ख) मा सकिल मियाँको अग्रता

कञ्चनरुप । निर्वाचन आयोगका अनुसार प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत सप्तरी क्षेत्र नं १ (क) मा प्रदेशसभा तर्फको एमाले जसपाका उम्मेदवार एमालेका राजकुमार लेखिले ७ हजार ४ सय ४८ मत प्राप्त गरि अग्र स्थानमा रहेका छन् । जनमत पार्टीका शिवनन्दन मेहताले ५ हजार १३ मत प्राप्त गरे ।
यसैगरी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बेचन प्रसाद चौधरीले ४ हजार ५ सय ८१ मत प्राप्त गरे ।
यसैगरी प्रदेश १ (ख) मा सकिल मियाँले ९ हजार ५ सय ७० मत, एमाले–जसपाका उम्मेदवार सुदम्बर यादवले ५ हजार ३ सय ८८, बाम–लोकतान्त्रिक गठबन्धनका बद्री महरान यादवले ४ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page