राजनीति

सप्तरी–३ (क) बाट प्रदेशसभामा कांग्रेसका समिम निर्वाचित

सप्तरी, ८ मंसिर । सप्तरी क्षेत्र नम्वर ३ (क) को प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद समिम निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार समिमले १० हजार ६३० मत प्राप्त गरी पुन बिजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार रामप्रसाद मण्डलले ८ हजार ५३८ मत पाउनुभएको छ । समिमले २ हजार ९२ मतअन्तरले जित हासिल गर्नुभएको हो ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार जोगेन्द्र भगतले ७ हजार ३४१ मत ल्याउनु भएको छ ।
यसअघि प्रदेशसभा २ बाट जनमत पार्टीका सतिशकुमार सिंह र महेशप्रसाद यादव, ३ (२) बाट सोही पार्टीका शम्भुकुमार साह निर्वाचित हुनुभएको छ ।
बाँकी क्षेत्रमा प्रदेश १ (क) मा नेकपा (एमाले) का राजकुमार लेखी, १ (ख) मा जनमत पार्टीका सलिम मियाँ, ४ (क) मा नेकपा (एस) का गोबिन्द बहादुर न्यौपाने र ४ (ख) मा स्वतन्त्रका अनिरुद्धकुमार यादवले अग्रता कायम राख्नुभएको छ ।
प्रतिनिधि सभा १ मा जसपाका नवलकिशोर साह तथा ३ र ४ मा कांग्रेसका क्रमशः दिनेशकुमार यादव र तेजुलाल चौधरीले अग्रता बढाउँदै लग्नु भएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page