राजनीति

कास्की–२ मा एमालेकी विद्या भट्टराई निर्वाचित

पोखरा । प्रतिनिधिसभा निर्वाचन कास्कीको क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई पुनः विजयी भएकी छन् । उनले १६ हजार ९ सय ९८ मत ल्याएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाएका छन् ।
गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका श्रीनाथ बरालले भने ९ हजार ६ सय ५९ मत पाएर तेस्रो स्थानमा खुम्चिए ।
२०७६ भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनी निर्वाचित भएकी थिइन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page