राजनीति

सप्तरी–१ (ख) बाट प्रदेशसभामा जनमत पार्टीका सकिल मियाँ निर्वाचित

सप्तरी, ८ मंसिर । सप्तरी क्षेत्र नम्वर १ (ख) को प्रदेश सभा सदस्यमा जनमत पार्टीका उम्मेदवार सकिल मियाँ निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार सकिलले १६ हजार १६० मत प्राप्त गरी बिजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार सुदम्वर यादवले ९ हजार ८८८ मत पाउनुभएको छ । सकिलले ६ हजार २७२ मतअन्तरले जित हासिल गर्नुभएको हो ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार बद्री नारायण महत्मान यादवले ६ हजार ६१० मत ल्याउनु भएको छ ।
सप्तरी १ (क) मा नेकपा (एमाले) का राजकुमार लेखी १० हजार ९ सय मतले अग्रता कायम राख्नुभएको छ । उहाँलाई जनमत पार्टीका शिवनन्दन महतोले ७ हजार ८६५ मले पछ्याइ रहनु भएको छ ।
प्रतिनिधि सभा सप्तरी १ मा जसपाका नवलकिशोर साहले १६ हजार ९३९ मतले अग्रता बढाउँदै लग्नुु भएको छ । उहाँलाई जनमत पार्टीका उम्मेदवार जय कान्त राउतले १२३६३ मतले पछ्याइ रहनु भएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page