राजनीति

सप्तरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जसपाका नवल किशोर साह विजयी

कञ्चनरूप, ८ मंसिर । सप्तरी क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा जसपाका नवल किशोर साह विजयी हुनु भएको छ । साह २३ हजार पाँच सय ६४ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार नौ सय ९२ मत ल्याउनु भएको छ ।
साहले ३ हजार पाँच सय ७२ बढी मतले विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी पाँच दलिय सत्ता गठबन्धनका रामदेब साहले १४ हजार २१२ मत मात्र ल्याउनु भयो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page