राजनीति

धनुषा- ३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित

धनुषा । धनुषा क्षेत्र नम्बर ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) की जुलीकुमारी महतो निर्वाचित हुनुभएको छ । उहाँले ३३ हजार ३८८ मत ल्याई विजयी हुनुभएको हो ।
उहाँले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अनिलकुमार झालाई ९ हजार ७०२ मतान्तरले पराजित गर्नुभएको हो । पराजित झाले २३ हजार ६८६ मत ल्याउनु भयो ।
यसअघि महतो संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७४ मा दुई पटक समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page