राजनीति

महोत्तरी ३ बाट पुन लोसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचित

महोत्तरी, मंसिर ९ गते । महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पुन निर्वाचित भएका छन्। मत परिणाम अनुसार ठाकुरले १६ हजार ३७५ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याए। यस्तै, स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याए।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page