राजनीति

मोरङ-२ मा एमालेका ऋषिकेश पोखरेल विजयी, सुजाता काेइराला पराजित

विराटनगर । मोरङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनकी साझा उम्मेदवार कोइरालालाई १ हजार ५ सय मतान्तरले पछि पार्दै पोखरेल निर्वाचित हुनुभएको हो ।
पोखरेल ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत पाइन् ।
पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page