समाज

सप्तरीको कञ्चनरुप –१ बैरवामा घाँटी रेटी ५० वर्षीय राउतको हत्या

कञ्चनरुप, १३ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवामा घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान एक पुरुषको शव फेला परेको छ । सोही ठाउँका ५० वर्षीय पप्पु भनिने संजय राउतको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
सोमवार राती ९ बजे देखि वेपत्ता रहेका राउतलाई खोजी गर्दा मंगलबार बिहान स्थानीय बासिले राउतको घरदेखि डेढ सय मिटर उत्तरतर्फ रहेको पोखरीमा घोप्टो अवस्थामा शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।

राउतको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी रामकुमार यादवले जानकारी दिनुभयो ।
घाँटी रेटी हत्या गरिएको शव फेला परेसँगै घटनाको सुक्ष्म अनुसन्धान थालिएको र त्यसका लागि तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको डिएसपी यादवले बताउनु भयो ।

प्रत्येक शनिवार ९ वजे देखी ३ वजे सम्म  

Add Comment

Click here to post a comment

You cannot copy content of this page