समाज

सप्तरीमा प्रहरीद्वारा अबैध ४ सय भन्दा बढी बोट गाँजा फडानी

कञ्चनरुप । सप्तरीको बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाजाका बोटहरु सप्तरी प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
मंगलवार जिल्लाको राजविराज नगरपालिका १२ दमावती र पिपराही स्थितमा अबैध रुपमा लगाएको २५० बोट गाँजा फडानी गरी नष्ट गरेको हो । यसैगरी विष्णुपुर गाउँपालिका ३ स्थितमा अबैध रुपमा लगाएको १५५ बोट गाँजाको फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

स्थानीय बासिन्दाको करेसा, तरकारी बारीदेखि खुला ठाउँ, चौरमा लहलह गर्दै झुलेका हजारौँ बोट गाँजा फडानी गरी नष्ट गरेको हो । गाँजाले समाजमा विकृति फैलाउने र कुलत बढ्ने भएकाले गाँजालाई नष्ट गरिएको जनाइएको छ ।

प्रत्येक शनिवार ९ वजे देखी ३ वजे सम्म  

Add Comment

Click here to post a comment

You cannot copy content of this page