समाज

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १ लाख ३० हजार बराबरको अवैध सामान बरामद

डम्बर राई /
कञ्चनरुप, १६ मसिर । भारतबाट भंसार छली ल्याईको किराना सामानहरु प्रहरीले नियन्त्रण गरेको छ । जिल्लाको खडक नगरपालिका ८ बाट शुक्रबार अन्दाजी ७५ हजारभन्दा बढी मूल्य बराबरको अबैध किराना सामन प्रहरीले नियन्त्रण लिएको हो ।
पक्राउ परेका किराना सामानहरु आवश्यक कारवाहीको लागि शुक्रबार राजबिराज भंसार कार्यालय तिलाठी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
त्यस्तै भन्सार छली भारतबाट नेपालतर्फ ल्याउदै गरेको ५५ हजार मुल्य वरावरको जलकपुर माछा प्रहरीले बरामद गरेको छ ।
विहिवार विहान ९ बजेको समयमा डाक्नेश्वरी नगरपालिका ४ स्थित बा २४ प १९७६ नम्वरको मोटरसाइकल सहित लोड रहेको माछा बरामद गरेको हो ।
विहिवारै आवश्यक कार्वाहीका लागि कुनौली भान्सार कार्यालयमा बुभाएको जिल्ला डिएसपी सिंहले जानकारी दिए ।

प्रत्येक शनिवार ९ वजे देखी ३ वजे सम्म  

Add Comment

Click here to post a comment

You cannot copy content of this page