समाचार

अपाङ्गता दिवसको अवसरमा पत्रकार तामाङसहित दर्जनौं व्यक्ति सम्मानित

राजविराज, १७ मंसिर । ३१ औं अपाङ्गता दिवसको अवसरमा नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य बृजमान तामाङसहित एक दर्जन व्यक्ति सम्मानित भएका छन् । अपाङ्ग संघ सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित एक समारोहका विच उनीहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिहरुलाई प्रत्येक्ष वा परोक्ष रुपमा आ आफ्नो क्षेत्रबाट सहयोग पुर्याएकोले उच्च मुल्यांकन गर्दै पत्रकार तामाङसहितका विभिन्न व्यक्ति तथा सरकारी तथा गैर सरकारी संस्थालाई सम्मान पत्रद्वारा सम्मान गरिएको अपाङ्ग संघ सप्तरीका अध्यक्ष विरेन्द्र कुमार चौधरीले बताए ।

सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य एवं न्युज टुडे दैनिक कार्यकारी सम्पादक बृजमान तामाङ, छिन्नामस्ता गाउँपालिकाका उपाध्यक्ष राजुदेवी यादव, सगरमाथा अपाङ्ग कल्याण संघका अध्यक्ष बलदेव मण्डल, खडक नगरपालिकाका प्रशासन शाखा प्रमुख रमाकान्त चौधरी, तिरुहुत गाउँपालिकाका प्रशासन शाखा प्रमुख विशेश्वर यादव, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका, तिरुहुत गाउँपालिका, छिन्नामाता गाउँपालिका र धर्मिहल्फा महिला विकास क्लब सप्तरी रहेका छ्न ।

अपाङ्ग संघ सप्तरीका अध्यक्ष विरेन्द्र कुमार चौधरीको अध्यक्षता तथा धर्मिहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी इन्जिनियर सुर्य नारायण यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले अपाङ्गता भएको व्यक्तिहरुको हक अधिकार सुनिश्चितताको लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए । सभापतिको आशनबाट बोल्दै अपाङ्ग संघ सप्तरीका अध्यक्ष चौधरीले अपाङ्गता दिवसलाई महापर्वको रुपमा मनाउनु पर्ने बताए । उनले अपाङ्गता भएको व्यक्तिको पहिचान र अधिकार प्राप्त भएको दिनदेखि अन्तरास्ट्रिय दिवसको रुपमा आजैको दिन विश्वभरी मनाउने गरिएको जानकारी दिए ।

समाबेशी विकासका लागि रुपान्तरित समाधान पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सृजनसिलताको प्राबधान भन्ने मुल नारासहित आयोजित कार्यक्रममा छिन्नामस्ता गाउँपालिकाका उपाध्यक्ष राजुदेवी यादव, मानव अधिकारकर्मी एवम् पत्रकार मनोहर कुमार पोखरेल, समाजसेवी माधव चौधरी, हितनारायणलाल दास, तेज नारायण यादव, पत्रकार चन्दन कुमार यादव, खडक नगरपालिकाका प्रशासन शाखा प्रमुख रामाकान्त चौधरी, तिरुहुत गाउँपालिकाका प्रशासन शाखा प्रमुख विशेश्वर यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रतिनिधि प्रहरी नायव निरीक्षक पप्पु झा लगायतकाले शुभकामना मनतव्य व्यक्त गरे ।
अपाङ्ग संघ सप्तरीका सचिव रामचन्द्र यादवद्वारा संचालित कार्यक्रममा स्वागत सगरमाथा अपाङ्ग कल्याण संघका अध्यक्ष बलदेव मण्डलले गरे ।

प्रत्येक शनिवार ९ वजे देखी ३ वजे सम्म  

Add Comment

Click here to post a comment

You cannot copy content of this page