समाज

बैङ्किङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बिराटनगर, २० मंसिर । बिराटनगरबाट बैङ्किङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ४ का ५१ वर्षीय शिव कुमार यादव रहेका छन ।
बैङ्किङ कसूर मुद्दामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७८।०५।२१ गतेको सजाय निर्धारण फैसला आदेशले १० लाख जरिवाना बेरुजु रहि फरार रहेका यादवलाई गाँउ घरमा नै लुकिछिपी बसेको अबस्थामा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई सम्मानित अदालतमा दाखिला गरेकोमा जरीवना बापतको कैद भुक्तानको लागी मोरङ कारागार पठाएको प्रहरीले जनाएको छ ।

प्रत्येक शनिवार ९ वजे देखी ३ वजे सम्म  

Add Comment

Click here to post a comment

You cannot copy content of this page