राजनीति

एमालेद्वारा केन्द्रीय कमिटी सदस्यमा १३ जना मनोनीत

काठमाडौँ । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ ।
आज बसेको सचिवालय बैठकले नेकपा (एकीकृत समाजवादी) छाडेर पार्टी प्रवेश गरेका नेता मुकुन्द न्यौपाने, चुडामणि जंगली, भागवत विश्वासीलगायतलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको हो ।

मनोनीत हुनेहरूमा मुकुन्द न्यौपाने (काठमाडौं), प्रेमबहादुर सिंह (कालिकोट), भागवत विश्वासी (दाङ), चुडामणि जङ्गली (कास्की), हेमराज राई (भोजपुर), ठम्मर विष्ट (सुर्खेत), उमाशंकर अरगरिया (धनुषा), अजय गुप्ता (रौतहट), एकवाल मियाँ (बारा), गणेश खनाल (गुल्मी), प्रेम तामाङ (रसुवा), यमबहादुर परियार (चितवन) र सुरेन्द्र मानन्धर (काठमाडौं) हुनुहुन्छ । 
केन्द्रीय कमिटीमा मनोनीत हुनेहरु
१. मुकुन्द न्यौपाने
२. प्रेमबहादुर सिंह
३. भागवत विश्वासी
४. चुडामणि जंगली
५. हेमराज राई
६. ठम्बर विष्ट
७. उमाशंकर अरगरिया
८. अजय गुप्ता
९. एकवाल मिया
१०. गणेश खनाल
११. प्रेम तामाङ
१२. यमबहादुर परियार
१३. सुरेन्द्र मानन्धर

Add Comment

Click here to post a comment

You cannot copy content of this page