समाचार

सप्तरीमा ५० हजार घुससहित वडा अध्यक्ष पक्राउ

सप्तरी, २३ जेठ । सप्तरीमा एक वडा अध्यक्ष घुससहित पक्राउ परेका छन् । जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सवदुल मियाँ ५० हजार घुससहित पक्राउ परेका हुन् ।
मंगलबार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीले रंगेहात प्रक्राउ गरेको हो ।
हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन उनले घुस मागेका थिए । घुस रकम लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई विद्यालयबाटै पक्राउ गरेको जनाइएको छ ।
वडा अध्यक्षलाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय ईटहरीमा राखी आबश्यक कारबाही अगाडि बढाएको जनाएको छ ।

Add Comment

Click here to post a comment

You cannot copy content of this page