समाचार

भारतमा हुने निर्वाचनका कारण सप्तरीका सीमा नाका तीन दिनसम्म बन्द हुने

कञ्चनरुप, २२ वैशाख । भारतमा हुने लोकसभा निर्वाचनका कारण सीमा जोडिएको सप्तरीका सीमा नाका तीन दिनसम्म बन्द गरिने भएको छ।
छिमेकी देश भारतको विभिन्न जिल्लामा सम्पन्न हुन गईरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुनलागकोले सीमा नाका तीन दिन बन्द रहने सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा शनिबार जारी सूचनामा जनाइएको छ।
मतदान शुरु हुनु भन्दा ७२ घण्टा अगाडी सीमा नाका बन्द गर्ने सम्बन्धमा मिति २०८०।११।०३ गते नेपाल भारत समकक्षी बैठकमा भएको समझदारी अनुसार बन्द गर्न लागिएको हो ।
उक्त निर्वाचनलाई दृष्टिगत गर्दै शनिबार राती १२ बजेदेखि मिति २०८१।०१।२५ तदनुसार ७ मे २०२४ रातको १२ बजेसम्म यस जिल्लासँग भारतको बिहार राज्यको मधुवनी र सुपौल जिल्लामा सीमा जोडिएका मुख्य नाका बन्द गरिएका हुन् ।
उक्त अवधिमा सीमा नाकामा पूर्ण रूपमा आवतजावत बन्द रहनेछ ।

   

You cannot copy content of this page