बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
गेरुवा गाउँपालिका–५ जुगुतपुरका १९ वर्षीय सरगम आचार्यले आफ्नै बुवा अन्दाजी ४९ वर्षीय टेकराज उपाध्यायलाई घरको कोठामा कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट गम्भीर घाइते भएका टेकराजको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनापछि प्रहरीले सरगमलाई नियन्त्रणमा लिएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको छ भने पक्राउ परेका सरगममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














