समाचार समाज

सप्तरीमा अदालतबाट दोषी ठहरिएका चार फरार प्रतिवादी पक्राउ

कञ्चनरूप, १ भदौ । सप्तरी प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ।

फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी टोलीले सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई खोजतलास गरी पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–८ का अमन साह स्वर्णकार, रुकमनी देवी स्वर्णकार र विनोद साह स्वर्णकार रहेका छन्। उनीहरूलाई कुटपिट मुद्दामा अदालतले जनही ४ हजार रुपैयाँ जरिवाना तोकेको थियो।

त्यस्तै, हनुमाननगर कंकालिनी नगरपालिका–९ का आनन्द मुखियालाई लागूऔषध मुद्दामा अदालतले ५ महिना कैद र १६ हजार रुपैयाँ जरिवाना तोकेको थियो।

प्रहरीका अनुसार पक्राउ परेका चारै जनालाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ। चार जनाको फैसला कार्यान्वयनबाट कुल ५ महिना कैद र २८ हजार रुपैयाँ जरिवाना असुल हुने प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page