समाचार समाज

सप्तरीमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रजक पक्राउ

कञ्चनरूप । जिल्ला प्रहरी कार्यालय सप्तरीले फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा दाखिला गरेको जनाएको छ।

फैसला कार्यान्वयन गर्ने सिलसिलामा इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालत राजविराजबाट बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–३ का दामोदर रजक रहेका छन्। अदालतको फैसलाअनुसार उनलाई १ महिना कैदरु. ३ लाख ५० हजार जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

फरार रहेका रजकलाई खोजतलास गर्ने क्रममा पक्राउ गरी २०८३ भदौ २ गते सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

   

You cannot copy content of this page