रामेछाप, ३ भदौ । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरी घर बताउने अन्दाजी २१ वर्षीय प्रेम बिसुंखे रहेका छन्। उनले रामेछाप नगरपालिका–४ तिलबारीस्थित आफ्नै घरमा रहेकी ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोप छ।
प्रहरीका अनुसार घटना २०८३ भदौ २ गते भएको हो। बिसुंखे लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका थिए। घटना भएपछि उनी फरार भएका थिए।
घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको प्रहरी टोलीले बिसुंखेको खोजतलास सुरु गरेको थियो। खोजतलासका क्रममा भदौ ३ गते तिलबारीस्थित कोही नबस्ने एक घरमा लुकिछिपी बसेको अवस्थामा उनलाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका बिसुंखेमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















