कञ्चनरुप , २९ मंसिर । सप्तरीमा आज जङ्गली हात्तीको आक्रमणबाट बच्न भाग्ने क्रममा एक जना बृद्धको मृत्यु भएको छ ।
सुरुङ्गा नगरपालिका वडा नम्वर ३ दौलतपुर का ७० वर्षीय बृद्ध सीताराम साहको मृत्यु भएको हो ।
आफ्नै घरमा सुतिरहेका उनी पिसाब फेर्न विहान उठेको अवस्थामा दुई वटा जङ्गली हात्तीले लखेटेपछि भाग्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । उनको सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
Add Comment