आइतबार, १४ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १४ मंसिर २०८३
समाचार

पत्रकार महासङ्घको आन्दोलनप्रति पूर्वमन्त्री राजकुमार लेखीको ऐक्यबद्धता

कञ्चनरूप , १३ मङ्सिर । मधेश प्रदेश सभा सदस्य एवं निवर्तमान गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले नेपाल पत्रकार महासङ्घद्वारा सञ्चालित आन्दोलन र धर्ना कार्यक्रमप्रति पूर्ण समर्थन एवं ऐक्यबद्धता जनाउनुभएको छ ।

मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सप्तरी क्षेत्र नं. १ (१) का प्रदेश सांसद लेखीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको पेसागत हकहित, सञ्चार क्षेत्रको स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि महासङ्घले अघि सारेका कार्यक्रममा आफ्नो पूर्ण साथ रहेको स्पष्ट पार्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, “पत्रकारहरूले पेसागत जिम्मेवारी निर्वाह गर्ने क्रममा भोग्नुपरेका समस्या, चुनौती, अवरोध तथा व्यवधानको समाधान गर्नु राज्यको दायित्व हो ।”

नेकपा (एमाले) का नेतासमेत रहनुभएका लेखीले नेपाल पत्रकार महासङ्घले उठाएका जायज मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सम्बन्धित निकाय र सरकारसँग जोडदार आग्रह गर्नुभएको छ । साथै, महासङ्घद्वारा घोषित आगामी आन्दोलनका कार्यक्रमहरूप्रति समेत उहाँले पूर्ण समर्थन व्यक्त गर्नुभएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page