कञ्चनरुप सप्तरी , ३० मंसिर ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थित रहेको सितापुर स्वास्थ्य चौकीका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकीबाट प्रवाह हुने सबै सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ ।
मंगलबार एक सूचना जारी गर्दै अग्नीसाइर कृष्णासवरन गाउँपालिकाले स्वास्थ्य चौकीका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएकाले अर्को सूचना प्रकाशन नहुन्जेलसम्मका लागि सितापुर स्वास्थ्य चौकीबाट प्रदान हुने सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द रहने प्रमुख प्रशासकिय अधिकृत धिरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा तथा अत्यावश्यक स्वास्थ्य सेवा नजिकको स्वास्थ्य संस्थाहरुबाट लिन अनुरोध गरेको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment