समाचार

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु चालक गम्भीर घाईते

सप्तरी , १ पुष । सप्तरीबाट धान बोकेर खोटाङतफ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक गम्भीर घाईते भएका छन् ।
फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सिम्पानी–रोक्सिमभञ्ज्याङ सडकबाट पल्टिएर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा सहचालक उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको छ भने चालक १९ वर्षीय तुजन राई गम्भीर घाइते भएका छन ।
चालकलाई उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page