बुहारीलाई काममा कसरि दलाउ जस्तो हुन्छ शुरुशुरुमा।
सासुको खटन आफ्नो पो कसरी पारु जस्तो हुन्छ शुरुशुरुमा।।
राजतन्त्र जस्तो थियो गणतन्त्र नी त्यस्तै नै छ यहाँ हजुर।
आमूल परिवर्तन नै आउँछ होला जस्तो हुन्छ शुरुशुरुमा।।
खानै नपाए जसरी खाएपछि तितो लाग्दै जान्छ सखर पनि।
संसारकै सबैभन्दा गुलियो वस्तु हो जस्तो हुन्छ शुरुशुरुमा।।
निर्धनले सधैँ आँशु झार्नुपर्ने आफ्नो माग पूरा गराउनलाई।
आश्वासनले मात्रै पनि वाचा पूरा गर्छन् जस्तो हुन्छ शुरुशुरुमा।।
स्वार्थि बनेपछि टुट्न सक्छन् रे सुमधुर सम्बन्धहरु पनि।
मरुभूमिमा पानी र हिलोमा कमल फुले जस्तो हुन्छ शुरुशुरुमा।।
कृष्ण तिमिल्सिना
कञ्चनरुप -१२ रुपनगर
सप्तरी
Add Comment